सोमबार तोलामा ९ सयले बढ्यो सुनको मुल्य
सोमबार नेपाली बजारमा ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।
यस्तै तेजावी सुनको मुृल्य भने आज ९४ हजार ७ सय रुपैंया रहेको छ । हिजो नेपाली बजारमा तेजावी सुनको मुृल्य प्रतितोला ९३ हजार ८५० रुपैंया रहेको थियो ।
यसैगरी चाँदीको मुल्य पनि ४० रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जानकारी दिएको छ।
६ पुस २०७७, सोमवार ११:३१ बजे प्रकाशित































