punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारले गर्यो ११ सहसचिवको सरुवा

Chaupati
safha napa

सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार उनीहरूको काज सरुवा गरेको हो ।

जसअनुसार सूचना तथा प्रसारण विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयका झक्क आचार्यलाई गृह मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका छवि रिजाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बुद्ध गुरुङलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोक सेवा आयोगमा, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, बाग्मती प्रदेशका मधुसूदन बुर्लाकोटीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने बाग्मती प्रदेशमा गृह मन्त्रालयका नारायण भट्टलाई सरुवा गरिएको छ ।


२ पुस २०७७, बिहीवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु