punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

Chaupati
safha napa

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बालुवाटारमै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन् ।

ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो ।

बुधबारको बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा पूर्व निर्धारित छ । तर, मंगलबार मात्रै सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकाले यो विषयले पनि स्थायी कमिटीमा प्रवेश आउने संभावना छ ।

गएको मंसिर २१ देखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेकै अवधिमा ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका पाँच नेताको बैठक मंगलबार खुमलटारमा बसेको थियो ।

गएको माघ २६ को स्थायी कमिटीले गरेको १५ बुँदे निर्णय पालना नभएको भन्दै ओली प्रति पार्टीभित्र असन्तुष्टि बढेको छ ।


१ पुस २०७७, बुधवार १३:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु