सुनको मूल्य आज फेरि बढ्यो

बजारमा आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार एक सय पुगेको छ । सुन हिजो प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदी पनि आज तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ३० रुपैयाँँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१ पुस २०७७, बुधवार ११:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु