punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भुक्तानी नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्न पत्राचार

Chaupati
safha napa

किसानलाई उखुको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकको निर्णयअनुसार चिनी उद्योगीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।

लामो समयदेखि चिनी उद्योगीले किसानको बक्यौता भुक्तानी नगर्दा किसान आन्दोलनमा उत्रिएपछि कृषि, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र गृहमन्त्रीबीच गृह मन्त्रालयमा बैठक भएको थियो । तीन मन्त्रालयका मन्त्रीहरूबीचको छलफल पछि किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीलाई कारबाही गर्ने निर्णय भएपछि सर्लाही, नवलपरासी र रौतहटका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी पठाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

प्रवक्ता बुढाले चिनी उद्योगीले किसानलाई पटक पटक सहमति गरी झुलाउने काम गरेको हुँदा अब कारबाही गरेर नै किसानको बक्यौता भुक्तानी गर्न लगाउने बताए ।

प्रवक्ता बुढाले श्रीराम सुगर मिल रौतहट, अन्नपूर्ण सुगर मिल सर्लाही, इन्दिरा सुगर मिल नवलपरासी र लुम्बिनी चिनी उद्योग नवलपरासीका सञ्चालकलाई कारबाही गर्न मंगलबार नै पत्र लेखी पठाएको जानकारी दिए । उद्योगीले किसानको करिब ७० करोडभन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताए ।

चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नदिँदा तीन दिनदेखि किसान माइतीघरमा आन्दोलनमा उत्रिएका छन् । सहमतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार चिनी उद्योगी र उखु किसानलाई दिउँसो ३ बजे वार्ताका लागि बोलाएको थियो । तर, किसान भने सो वार्तामा नै आएनन् । चिनी उद्योगीका तर्फबाट चिनी उत्पादन संघका अध्यक्ष शशीकान्त अग्रवाल उपस्थित थिए ।

सोमबार उद्योग, वाणिज्य आपूर्तिमन्त्री लेखराज भट्टले चिनी उद्योगीलाई उखु किसानको बक्यौता भुक्तानीको यथार्थ विवरण पेस गर्न ३ बजेको समय दिएका थिए । तर, किसानको बक्यौता भुक्तानी नदिने अन्नपूर्ण सुगर मिलका राकेशकुमार अग्रवाल र लुम्बिनी चिनी उद्योग सञ्चालकले मन्त्रीको निर्देशनअनुसार विवरण बुझाएनन् । उनीहरू वार्तामा पनि आएनन् ।


१ पुस २०७७, बुधवार ०९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु