अमरगढीमा सुन्तला र जुनार प्रशोधन उद्योग निर्माण

डडेल्धुराको अमरगढी नगरपालिका वडा– ३ आइतमा सुन्तला र जुनार प्रशोधन उद्योग स्थापना गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको ५० लाख र व्यक्तिगत ५० लाख गरी १ करोड रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको हो । प्रशोधन उद्योगमा सुन्तला, जुनारको जुस उत्पादन गरिने कृषि ज्ञानकेन्द्र डडेल्धुराका सूचना अधिकारी भक्तबहादुर पानले बताए ।

प्रशोधन केन्द्र गत आर्थिक वर्षमै सञ्चालनमा आउनुपर्ने भए पनि कोरोनाका केही समय ढिलो भएको छ । अबको एक महिनाभित्रै सञ्चालनमा ल्याइने पानले बताए।

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका जुनार, सुन्तला उत्पादक किसानलाई सहज हुनेछ । जुनार सुन्तला उत्पादनका लागि पकेट क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाका किसानले प्रशोधन केन्द्र अभावले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको थियो ।


२० मंसिर २०७७, शनिवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु