फेरी सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको छ ।

मङ्गलबार छापावाला सुन तुलनामा प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ९१ हजार रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको छ ।

त्यसैगरी तेजाबी सुनसमेत आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० रुपैयाँमा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० रुपैयाँमा कारोवार भएको छ । त्यसैगरी चाँदी आज प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोवार भएको छ ।

चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ ।


१७ मंसिर २०७७, बुधवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु