punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा अस्पताल निर्माण गर्न पाठक परिवारले जग्गा दान गरे

Chaupati
safha napa

डोटीमा अस्पताल निर्माण गर्न स्थानीयपाठक परिवारले जग्गा दान गरेका छन्।

जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका लागि विश्वनाथ पाठकले ९ रोपनी जग्गा दान गरिएको हो।

स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले ३ रोपनी र स्व. कमलदेव पाठकका छोरा डिल्लीराजले ३ रोपनी गरी ९ रोपनी जग्गा दान गरेका हुन्।

डिल्लीराज पाठकले स्व। बुवाको स्मृतिमा आफूहरुले अस्पताल निर्माण गर्न जग्गा दान गर्न पाउँदा खुशी लागेको पाठकले जानकारी गराए ।

के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा नामसारीको लागि बुधबार मालपोत कार्यालय गएर अस्पतालका नाममा नामसारी गरिने बताए।


१७ मंसिर २०७७, बुधवार १२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु