धनगढीका बिभिन्न स्थानमा १९ वटा सीसी क्यामेरा जडान गरियो

धनगढी बजार क्षेत्रका बिभिन्न स्थानमा १९ वटा सीसी क्यामेरा जडान गरिएको छ ।
धनगढीमा हुने आपराधिक गतिविधी नियन्त्रण तथा चोरी, डकैती, दुर्घटना गराएर भाग्नेलाई नियन्त्रण तथा घटनाको अनुसन्धान गर्नेलगायत उदेश्यले नयाँ सीसी क्यामेरा जडान गरिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जिल्ला प्रहरी कार्यालयलाई सीसी क्यामेरा खरिदको लागि ३० लाख बजेट अख्तियारी दिएको जानकारी गराए । हाल जडानको कार्य सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले जानकारी गराए ।
यसअघि १२ स्थानमा मात्र सीसी क्यामेरा जडान गरिएकोमा ७ वटा थप्दै १९ स्थानमा सीसी क्यामेरा जडान गरिएको उनले बताए । पहिले जडान गरिएका १२ सीसी क्यामेरा काम नलाग्ने भएको भन्दै १९ वटै नयाँ सीसी क्यामेरा जडान गरिएको उन जानकारी गराए ।
विभिन्न घटनालाई निगरानी गर्न तथा अनुसन्धानलाई सहज बनाउनका लागी जिल्ला प्रहरी कार्यालयदेखि त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रसम्म सीसी क्यामेरा जडान गरिएको उनले बताए ।
१६ मंसिर २०७७, मंगलवार १४:५६ बजे प्रकाशित