Hotel Flora Long Ad

सुदूरपश्चिममा थप ३२ नयाँ कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा करिव साढे ३ सय जनाको परीक्षण गर्दा थप ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनाको परीक्षण गर्दा थप ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय १ जनाको परीक्षण गर्दा २४ जना, डडेलधुरा अस्पतालको प्रयोगशालामा ३१ जनाको परीक्षण गर्दा ४ र कमलबजार नगरपालिकाको प्रयोगशालामा ९ जनाको परीक्षण गर्दा ४ कोरोना भाईरस संक्रमणको पुष्टि भएको उनले जानकारी गराए ।

कैलालीको धनगढी उप–महानगरपालिकाका ६ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । कैलालीकै ठेगाना नखुलेका १ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका १३ जना र कृष्णपुर नगरपालिकाका १ जनामा कोराना भाइरस संक्रमणको पुष्टि भएको उनले जानकारी गराए ।

यसैगरी बझाङका २ जना र दार्चुलाका १ जनामा पनि कोरोना भाईरसे संक्रमणका पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ८४ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ४ सय ६० जनाले कोरोना जितेका छन् भने ५३ जनाको मृत्यु भएको छ ।


१६ मंसिर २०७७, मंगलवार १५:०६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु