कैलालीमा सडेको अवस्थामा महिलाको शव भेटियो

धनगढी। कैलालीमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
बुधवार टीकापुर नगरपालिका–२ मुलपानीस्थित कर्णाली नदी किनारमा अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो। शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। मृतकको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ।


८ असोज २०८३, बिहीवार ०८:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु