मालाखेतीका डिएसपी चौधरी घटनाको छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन

८ घण्टा बिना सम्पर्क बिहिन भएका ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा कार्यरत डीएसपी भरतराज चौधरीको घटना छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन गरेको छ । उक्त घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको हो ।

डिएसपी चौधरी मंगलबार राती ९ बजे देखि बुधबार बिहान सम्म सम्पर्क बिहिन भएका थिए । चौधरीले आफू सूचना संकलनका लागि त्यसक्षेत्रमा गएको र नेटवर्क नआउने ठाउँमा भएकाले गलत बुझिएको दाबी गरेका भएका पनि त्यसमा सत्यता भए नभएको थाहा पाउन छानबिन गर्न समिति गठन गरिएको हो ।

हाल चौधरीको इञ्चार्जको जिम्मेवारी पनि खोसिएको छ भने डिएसपी चौधरीलाई जिल्लामा प्रहरी कार्यालय, कैलालीमा तानिएको छ । छानबिन समितिलाई ५ दिनको समय दिईएको छ । समितिले बुझाउने प्रतिवेदनका आधारमा चौधरीमाथि कारबाही हुने छ ।


११ मंसिर २०७७, बिहीवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु