punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा सिलाई पसलमा आगलागी, ४ लाखको क्षति

Chaupati
safha napa

सिलाइ पसलमा आगलागि बाट कञ्चनपुरमा ४ लाख बराबरको क्षति भएको छ।

बिहीवार राती साढे १० बजेतिर पुनर्वास नगरपालिकामा वडा नम्बर ६ टाउन बजारमा रहेको न्यू काठमाडौँ मामा सिलाइ पसलमा आगलागि बाट ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

अशोक नेपालीले सञ्चालन गर्दै आएको पसलमा आगलागिबाट सिलाइ मेसिन, काउन्टर, टेबल, कुर्सि, कपडाका साथै २० हजार नगद जलेर नष्ट भएको उनले बताए । आगो राति करिब ११ बजेतिर नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।


११ मंसिर २०७७, बिहीवार ११:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु