कोरोना संक्रमणबाट कैलालीमा थप दुई जनाको मृत्यु
धनगढी, कात्तिक २२
कैलालीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका–१ का ४९ वर्षका पुरुष र बर्दगोरिया गाउँपालिका– ४ का ५९ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
टिकापुरका पुरुष बोन क्यान्सर पीडित थिए । यो संगै टीकापुर नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। हिजो मात्रै टीकापुर नगरपालिका– १ की ५३ वर्षकी एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने यसअघि वडा ५ का ६० वर्षका एक पुरुषको मृत्यु भएको थियो।
२२ कात्तिक २०७७, शनिवार १४:०७ बजे प्रकाशित













