Hotel Flora Long Ad

रारा यात्रा (फोटो फिचर)

कैलाली उद्योग वाणिज्य सङ्घ कैलालीका पदाधिकारी, बैंकर्सलगायतको टोली राराको यात्रामा छ ।

धर्तीको स्वर्गका रुपमा परिभाषित नेपालकै आकर्षक पर्यट्कीय गन्तव्य रारा ताल घुुम्नेहरुलाई लक्षित गरी धनगढीबाट हवाई उडान सुरु भएको छ ।

पहिलो पटक धनगढीबाट समिट एयरले शुक्रबारदेखि धनगढी–ताँल्चा विमान स्थलसम्मको उडान सुरु गरेपछि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरसहित संघका पदाधिकारीहरु र उनीहरुका परिवारका सदस्यहरु, बैंकरलगायतका १८ जनाको टोली रारा घुम्नको लागि पुगेको छ ।

 यसअघि नेपालगन्जबाट मात्रै उडान हुँदै आएको थियो । उडान हुने भएपछि रारा घुम्नेहरुका लागि सजिलो माध्यम हुने भएको छ । अबदेखि हप्ताको १ दिन धनगढी–रारा हवाई उडान हुनेछ ।

रारा घुम्ने प्याकेज अन्तर्गत दुई दिन र एक रातिको खाना र आवाससहितको सुविधा पनि दिइएको छ । खाने, वस्ने र हवाईसहितको यात्राका लागि २३ देखि २५ हजारसम्मको आर्थिक प्याकेज छ ।      तस्बीर : पुष्पराज कुँवर


२२ कात्तिक २०७७, शनिवार ११:११ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु