punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शेयर बजार उकालो लाग्यो

Chaupati
safha napa

शेयर बजारको कारोबार आज उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।

जलविद्युत् र सामूहिक लगानी कोषबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ ।
सोमबार उत्पादन समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको २४, विकास बैंकको २३ तथा बैंक र व्यापार समूहको शेयर १५ अङ्कका दरले बढेको छ ।

सोमबार एक सय ९३ कम्पनीका एक करोड दुई लाख ७४ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार कर्पोरेट विकास बैंक, शिवम् सिमेन्ट र प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि युनियन, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।


१८ असोज २०७७, आइतवार १६:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु