punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई लाख बढी नगदसहित गौरीगंगाबाट पाँच जुवाडे पक्राउ

Chaupati
safha napa

कैलालीको गौरीगंगा नगरपालिकाबाट दुई लाख २३ हजार नगदसहित प्रहरीले पाँच जना जुवाडे पक्राउ गरेको छ ।

गौरीगंगा–६ मा रहेको कृष्ण बहादुर खडकाको कुखुरा फर्म भित्र जुवा खेलिरहेको अवस्थामा २ लाख २३ हजार ५ सय नगद सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

पक्राउ पर्नेमा गौरीगंगा–६ का ६० वर्षीय भक्तबहादुर शाही, सोही ठाउँका ३६ वर्षीय रङ्ग शाही, ४२ वर्षीय रामबहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीरबहादुर साउँद छन् ।

गोप्य सूचनाका आधारका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपालय, जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरीको संयुक्त टोलीले राति साढे ९ बजे उनीहरूलाई पक्राउ गरेको हो ।


१२ कात्तिक २०७७, बुधवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु