punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलिउड अभिनेत्री माल्वीमाथि धारिलो हतियारले आक्रमण

Chaupati
safha napa

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि धारिलो हतियारले आक्रमण भएको छ।

माल्वीमाथि उनकै पुरानो साथीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनीमाथि सोमबार राति तीन पटकसम्म चक्कु आक्रमण भएको थियो ।

उनको अहिले धीरूभाइ  अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतराबाहिर रहेको बताइएको छ।

सुरुमा उनको पेटमा आक्रमण भएको र त्यसपछि आक्रमणकारीले उनको मुहारलाई निशाना बनाएको थियो। उनले आफ्नो मुहार छोप्ने क्रममा दुबै हातमा गम्भीर चोट लागेको बताइएको छ।

उक्त आक्रमण एकतर्फी प्रेमका कारण भएको प्रहरीले जनाए पनि त्यसबारे भने औपचारिक पुष्टि हुन बाँकी रहेको छ। माल्बीलाई लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका ती व्यक्तिले नै उनीमाथि आक्राण गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

यसबारे मुम्बई, वर्सोवा पुलिस थानामा उजुरी समेत दर्ता भएको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।

माल्बीले केही सिरियल, टेलिभिजन शो ‘उडान’, म्युजिक भिडियो ‘तु मिला’ र ‘होटल मिलन’ जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।


११ कात्तिक २०७७, मंगलवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु