सन्दिप चेन्नईविरुद्धको खेलमा पनि प्लेइङ–११ मा परेनन्

इन्डियन क्रिकेट लीग (आइपिएल)को आजको चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटलबीच भइरहेको छ । खेलमा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेकाले दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ।

यस खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आज पनि परेनन् । उनलाई दिल्लीले प्लेइङ एघारमा राखेको छैन। यस अघि दिल्लीले खेलेको आइपिएलको यस सिजनको पहिलो खेलमा पनि सन्दीप प्लेइङ एघारमा परेका थिएनन् ।

दिल्लीको टिममा पृथ्वी शा, शिखर धवन, शिमरन हेटमेयर, श्रेयर इयर, रिशव पन्त, मार्कोस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्ट्जे र आवेश खान छन्।

दिल्लीको टीममा प्लेइङ एघार भित्र कप्तान श्रेयस अय्यर, पृथ्वी शा, शिखर धवन, शिमरोन हेटमायर, रिषव पन्त, मार्कोस स्टोइनिस, अक्सर पटेल, अमित मिश्रा, कागीसो रबाडा, एनरीच नोर्जे, अवेश खान परेका छन्।

दुई खेल खेलेको चेन्नईले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। एक खेलेको दिल्लीले जित निकालेको छ।


९ असोज २०७७, शुक्रवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु