आज फेरि बढ्यो सुनको मूल्य

सुनचाँदीको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार दुई सय पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय २० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


५ असोज २०७७, सोमवार ११:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु