कोरोना संक्रमित नेता कोइराला डिस्चार्ज, तर रिपोर्ट अझै पोजिटिभ

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वकीय सचिव भरत तिवारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका कोइरालाको हिजोको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै छ ।

तर स्वास्थ्यमा सुधार भएपछि होम आइसोलेसनमै बस्नेगरी डिस्चार्ज भएको उनले जानकारी दिए । महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो ।


३ असोज २०७७, शनिवार १३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु