कैलालीमा थुनुवा कक्षभित्रै एक युवकले गरे आत्महत्या
Shadow of sad man hanging suicide. light and shadow
जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एकले जना थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन्।
यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन।
उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए।
२६ भदौ २०७७, शुक्रवार ११:१८ बजे प्रकाशित













