punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनसुनमा धनजनको क्षतिः पहिरोबाट मात्रै २०६ जनाले गुमाए ज्यान

Chaupati
safha napa

काठमाडौं, साउन ३२ । यस वर्षको मनसुनमा देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को कोरोनाको मार खेपिरहेका बेला मनसनजन्य विपदबाट पनि ठूलो धनजनको क्षति हुन पुगेको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सैयौं नागरिकले अकालमै ज्यान गुमाएका छन् ।

नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २३१ को मृत्यु, ७७ बेपत्ता र २०८ जना घाइते भएको जानकारी दिए ।

उक्त अवधिमा पहिरामा परेर मात्रै २०६ को मृत्यु, ६६ बेपत्ता र १६१ घाइते भए । बाढीमा परेर चारको मृत्यु, ११ बेपत्ता र एक जना घाइते छन् । चट्याङबाट २१ को मृत्यु र ४६ जना घाइते भएका छन् । मनसुनको शुरुरुवाती समयमै धेरै पानी पर्दा जमीन गलेकाले पनि हल्का वर्षा हुँदा नै पहिराका घटना बढी भएको प्राधिकरणले जनाएको छ ।

यसपालि मुलुकका ६० भन्दा बढी जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित भएका छन् । यद्यपि एक दर्जनभन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी पहिरो खसेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नुपरेको छ । गत असार २५ मा आएको भारी वर्षापछि आएको बाढी र भेल पहिराले बाह्रबिसेको जम्बुबजार र भोटेकोशीमा तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता भएका थिए ।

त्यसको एक महिना पाँच दिनपछि साउन ३० गते जुगल गाउँपालिका –२ लिदीमा पहिरो खस्दा १८ जनाको अकालमा मृत्यु भएको छ भने अन्य २१ जना अझै बेपत्ता छन् । दोस्रो ठूलो घटना असार २६ मा म्याग्दीमा भएको थियो । धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरामा २७ जनाको मृत्यु भयो, अझै चार जना बेपत्ता छन् ।

मनसुन सक्रिय रहेकाले अझै प्राकृतिक विपद्को जोखिम कायम रहेको मौसमविद्को भनाई छ। सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ, गुल्मीलगायत जिल्लामा ठूलो पहिराबाट जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ ।


३२ साउन २०७७, आइतवार १०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु