साताको पहिलो दिननै घट्यो सुनको मूल्य
धनगढी, साउन ३२ । बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९८ हजार चार सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २५ रुपैयाँमा झरेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
३२ साउन २०७७, आइतवार ०७:३४ बजे प्रकाशित






























