punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घन्टामा सर्वाधिक कोरोना संक्रमित भारतमा, मृत्यु ब्राजिलमा

Chaupati
safha napa

काठमाडौं, साउन ३० । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार २६४ कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये भारतमा सर्वाधिक ६४ हजार १४२ जना नयाँ संक्रमित थपिएको वर्ल्डोमिटरको तथ्याङ्कले देखेको छ । त्यस्तै ब्राजिलमा ५९ हजार १४७ र अमेरिकामा ५४ हजार १४१ जनामा नयाँ संक्रमिण थपिएका छन्।

त्यस्तै पछिल्ल्लो २४ घण्टामा विश्वभर ६ हजार ३०२ जनाको मृत्यु भएको छ। ब्राजिलमा सर्वाधिक १ हजार ३०१, अमेरिकामा १ हजार २२९ र भारतमा १ हजार ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा हालसम्म कोरोनाका कारण ९५ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म २४ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ भने १६ हजार ८ सय ३७ जना निको भएका छन्।


३० साउन २०७७, शुक्रवार ०१:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु