सुटकेसभित्र भेटियो टाउको विनाको शव, प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं, साउन २५ । गोंगबुमा सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ। आज बिहानै टोखा नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको हो।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको बताए । टाउको भने अलि पर भेटिएको उनले बताए । उनका अनुसार शव पहिचान भइसकेको छैन।
घटनाबारे थप अनुसन्धानका लागि परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल गएको छ ।
२५ साउन २०७७, आइतवार ०४:५२ बजे प्रकाशित































