साउने सोमबारमा पशुपति मन्दिर खुल्छ कि खुल्दैन ?
काठमाडौं, साउन ४ । यस वर्ष साउने सोमबारमा पशुपति मन्दिर नखुल्ने भएउको छ । भगवान शिवको पूजा तथा दर्शनका लागि विशेष रुपमा लिइने यो साउने सोमबारमा पनि यस वर्ष पशुपति मन्दिर नखुल्ने भएको हो ।
पशुपति क्षेत्रमा भक्तजनले आफू उपस्थित भएर दर्शन तथा पूजा आराधना गर्न यो वर्ष पाउने छैनन् । कोरोना भाइरसको महामारीका कारण साउन ७ गतेसम्म लकडााउउन गरिएको छ । त्यसपछि भने के गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सरकारले मन्दिर खुला गर्ने निर्णय गरेमा साउनका अरु सोमबार दर्शन गर्न पाइने र त्यसका लागि तयारी पनि गरिएको कोषका प्रवक्ता भोला सिटौलाले बताए । उनका अनुसार साउने सोमबार पनि नित्य पूजा मात्रै हुने र दर्शनार्थीका लागि खुला गरिने छैन ।
त्यसका लागि भौतिक दूरी कायम हुने गरी लाइन बस्ने व्यवस्था मिलाउन गोलो घेरा बनाइएको उनले जानकारी दिए । मन्दिर खुला भएपछि पनि सरकारी मापदण्ड अनुसार काम हुने बताउँदै उनले पश्चिम गेटको सानो द्वारबाट पस्ने र ठूलो गेटबा निस्कने गरी तयारी गरिएको जानकारी दिएका छन् ।
४ साउन २०७७, आइतवार ०५:१८ बजे प्रकाशित































