प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु
प्युठान, साउन ४ छ। प्युठानको स्वर्गद्वारा नगरपालिकामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर–३ रुमाले भन्ने स्थानमा लु२च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा एक जना भने बाँच्न सफल भएका छन् ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै ट्याक्टर दुर्घटनामा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
उनकाअनुसार दुर्घटनामा मृत्यु भएका कसैको पनि सनाखत भएको छैन । ट्र्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । तस्बीर : गुगलबाट
४ साउन २०७७, आइतवार ०२:५४ बजे प्रकाशित































