punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अझै पाँच दिनसम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Chaupati
safha napa

काठमाडौं, साउन ४ । देशभर लगातार पाँच दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पहाडी क्षेत्रका केही स्थानमा पहिरो र तराईका कतिपय ठाउँमा बाढी तथा डुबानको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जोखिम रहेको स्थानमा मानिसहरुलाई सुरक्षित स्थानमा सर्न समेत आग्रह गरेका छन् । उनले पहाडी भू भागका स-साना नदी नालामा समेत आकस्मिक बहाव बढ्ने सम्भावना भएकाले जनधनको क्षति हुन सक्ने बताए ।

प्राधिकरणले नदी किनारा एवम् पहिरोको आसपासमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन भनेको छ ।


४ साउन २०७७, आइतवार ००:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु