punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको चुरेमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी, असार २९ । कैलालीको चुरेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा गएराति १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर भएका बझाङको बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहरालाई उपचारको लागि सेती अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

यस्तै दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ५० वर्षीय नारदसिंह धामी घाइते भएका छन्। चालक बुङ्गल नगरपालिका १ का ३२ वर्षीय कलक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।


२९ असार २०७७, सोमवार ०२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु