punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी ठाउँमा हुनेछ ठूलो वर्षा

Chaupati
safha napa

काठमाडौंं, असार २९ । आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको पूर्र्वानुमान गरिएको छ । जल तथा मौसम विभागकाअनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ मा भारी वर्ष हुनेछ ।

त्यस्तै, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुनेछ । त्यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी र पहिरोको जोखिम रहेको हुँदा सतर्क रहने महाशाखाले जनाएको छ ।

आज स्याङ्जाको आँधीखोला, बाँधखोला लगायत साना नदीमा आकश्मि बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्नेछ ।


२९ असार २०७७, सोमवार ०२:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु