सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, कति पुग्यो आज ?

काठमाडौं, असार २५ । नेपाली बजारमा सुनको मूल्य दैनिक उकालो लागिरहेको छ । बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


२५ असार २०७७, बिहीवार ०५:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु