कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं, असार २१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत रहँदै प्रतितोला ९ सय ४० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल चाँदी व्यवसायी महासंघले जनाएको छ ।
२१ असार २०७७, आइतवार ०६:१५ बजे प्रकाशित













