साउन १५ भित्र एसईई नतिजा

काठमाडौं, असार १६
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १५ गतेभित्र आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई असार २० गतेभित्र एसईईको प्राप्तांक तालिका शिक्षा विकास तथा समन्वय इकाई (साविक जिल्ला शिक्षा कार्यालर्य) मा पठाउन भनेको छ ।

सबै विद्यालयले आफ्ना विद्यार्थीको मूल्यांकन गरी तालिका पठाउनु पर्नेछ । बोर्डले जारी गरेको सूचनामा भनिएको छ–‘आ–आफ्नो विद्यालयको कोड राखी एक्सेल फम्र्याटमा विद्यार्थीले प्राप्त गरेको प्राप्तांक क्रमशः इन्ट्री गरी मूल्यांकन समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका ‘मार्क लेजर’ असार २० गतेभित्र अनिवार्य रूपमा शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।’

त्यसैगरी समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्तांक विवरण र मूल्यांकन समितिद्वारा प्रमाणित गरी पठाएको ‘मार्क लेजर’ भिडाएर प्रयोगात्मक र सैद्धान्तिक अंकसहित असार ३० गतेभित्र परीक्षा बोर्डमा पठाइसक्नु पर्नेछ । चैत ११ गतेदेखि लकडाउन भएपछि एक दिन अघि मात्र एसईई रोक्ने निर्णय गरिएको थियो।


१६ असार २०७७, मंगलवार ११:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु