नागरिकता ऐनविरुद्ध जसपाद्वारा प्रदर्शन
काठमाडौं, असार १६ । जनता समाजवादी पार्टी (जसपा) ले आज देशका विभिन्न ठाउँमा नागरिकता संशोधन विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।
यसैक्रममा जसपा सम्बद्ध समाजवादी विद्यार्थी युनियनको आयोजनामा मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा जसपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत शीर्ष नेताहरू पनि सहभागी छन् ।
नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ संसदीय समितिबाट पारित भएदेखि नै जसपाले मधेशविरोधी भन्दै विरोध गर्दै आएको छ । नागरिकता विधेयकमा उल्लेखीत अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष पर्खनुपर्ने प्रावधान हटाउनुपर्ने उनीहरूको माग छ । कांग्रेसले पनि नागरिकता सम्बन्धी उक्त विधेयकको विरोध गर्दै आएको छ ।
१६ असार २०७७, मंगलवार १०:३२ बजे प्रकाशित













