punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाका कारण २४ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १० हजार ९९ पुग्यो

Chaupati
safha napa

असार ९, काठमाडौं । नेपालमा मंगलवार थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा ९० जना महिला र ४४८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । सुर्खेतस्थित विरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्षमा उपचाररत दैलेख जिल्लाको दुल्लु नगरपालिका–३ वस्ने ४५ वर्षीय पुरुषको सोमवार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।


९ असार २०७७, मंगलवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु