punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,असार ८ । सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ११२० पुगेको छ । आईतवारसम्म १०२४ जनामा रहेकोमा सोमवार ९६ जना थपिएका हुन् । यो संख्या अझ वढ्नेछ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणको नतिजा आउन बाँकी रहेको छ ।

उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको छ।अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय १९, डडेल्धुरामा दुई सय एक, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय, अछामका ७७, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।


८ असार २०७७, सोमवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु