punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा क्वारेन्टाइन भित्रै एक युवकद्वारा आत्महत्या

Chaupati
safha napa

बझाङ,असार ८ । बझाङको एक क्वारेन्टाइनमा बसेका एक जना पुरुषले आत्महत्या गरेका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाको बुडखोरीका ३० वर्षीय एक युवकले आत्महत्या गरेका हुन ।

३ दिन अघि मात्र भारतको बैङ्गलोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुन्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डलले जानकारी दिए। ६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए।वडाध्यक्ष मण्डलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब सङ्कलन गर्ने जनाएको छ ।

यस अघि बाज्रा जिल्लाको बडिमालिका नगरपालिका वडा न २ भौनेरामा रहेको सत्यबादी माध्यामीक बिद्यालयको क्वारेन्टाइनमा एक युवकले आत्महत्या गरेका थिए ।


८ असार २०७७, सोमवार ०५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु