punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब डडेल्धुरामा पनि कोरोना परीक्षण हुने

Chaupati
safha napa

डडेल्धुरा,असार ६ । अब डडेल्धुरामा पनि कोरोना परीक्षण हुने भएको छ। ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन काठमाडौंबाट ट्रकमार्फत यहाँ ल्याउन लागिएको हो।

शुक्रबार काठमाडौंबाट ट्रकमार्फत पठाएको मेसिन सोमबार मात्र जिल्लामा पुग्ने डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।

फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक आइरहेको जनाएको छ। शुक्रबार साँझ मेसिन लिएर ट्रक काठमाडौंबाट हिँडेकाले सकभर शनिबार बेलुकासम्म सुदूरपश्चिम पुग्ने ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए।

उक्त पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने उनले जानकारी दिए। अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पिसिआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने तयारी थालिएको जानकारी दिए। विष्टले तत्कालका अस्पतालमा भएको संचरनामै सञ्चालनमा ल्याउने तयारी भइरहेकाले डडेल्धुरा पुगेको एक हप्ताभित्र मेसिन जडानको काम सकेर परीक्षण थालिने बताए।

उनले अहिले अस्पतालमा उपलब्ध जनशक्तिबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ति माग गरिएको बताए।

अस्पतालमा अस्थायी प्रयोगशाला निमार्णको काम अन्तिम चरणमा पुगेका डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुसालले बताए।


६ असार २०७७, शनिवार १०:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु