punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको गोदावरी नगरपालिका आजदेखि सील

Chaupati
safha napa

कैलाली,असार ६ । कोरोनाभाइरस संक्रमण फैलिँदै गएपछि कैलालीको गोदावरी नगरपालिका आज शनिबार देखि अनिश्चितकालका लागि सील गरिएको छ ।

यहाँ एक जनाको कोरोनाभाइरसका कारण मृत्यु समेत भईसेपछि संक्रमण फैलिने क्रम तिब्र भएपछि आज देखि गोदावरी नगरक्षेत्र पूर्ण रुपमा लकडाउन गरिने भएको छ ।

जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ बर्षिय पुरुषको मृत्यु भएपछि परिवारमा समेत कोरोना संक्रमण फैलिएका कारण समुदाय नै जोखिममा पर्न सक्ने भन्दै बजार ब्यबसाय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिसिंह साउदले बताए ।

नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमति भइसकेको छ ।


६ असार २०७७, शनिवार ०२:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु