कैलालीमा वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना प्रकाउ
कैलाली,असार ३ । कैलालीमा १२ बर्षीय वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना प्रकाउ परेका छन ।
जिल्लाको गौरीगंगा नगरपालीका वडा नम्बर ४ खुरखुरिया भन्ने स्थानमा १२ बर्षीय वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष १९ को नविन सावद र सोही ठाँउमा बस्ने २० बर्षका चन्द्र सावदलाई प्रकाउ गरेको हो ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।
४ असार २०७७, बिहीवार १५:३५ बजे प्रकाशित































