punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

Chaupati
safha napa

काठमाडौँ,३ असार । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जनाएका छन्।

यो सँगै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छैन्। बाँकेमा कोरोना भाइरस बाट दोस्रो व्यक्तिको मृत्यु भएको हो। बैजनाथ गाउपालिका ६ की ४६ वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारको क्रममा सोमबार साझ साढे ६ बजेतिर मृत्यु भएको हो।

मृत्यु भएकी ती महिलाको मंगलबार साझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए। निमोनिया रोगले ग्रस्त ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्ष युवाको कोरोनाबाट मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक,, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।


३ असार २०७७, बुधवार ०४:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु