सनराईज बैंक लिमिटेड धनगढीद्वारा रोयलकोलाबेरेटिभ्स धनगढीलाई खाद्यान्न सहयोग
धनगढी ,असार २ । सनराईज बैंक लिमिटेड धनगढी शाखाले धनगढी उपमहानगर पालिका मार्फत रोयलकोलाबेरेटिभ्स धनगढीलाई खाध्य सामाग्री उपलब्ध गाराएको छ । बैकले आज धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्प बहादुर ओडलाई पचास हजार बराबरको खाध्य सामाग्री हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएर भारत बाट गौरिफन्टा नाका हुदै नेपाल फर्किरहेका नेपालीहरुलाइ खाना पानी खुवाउदै आएको रोयल कोलाबरेटिभ्स धनगढीका लागि सिमामा भोकै प्यासै रहेका व्यक्तिहरुलाइ खाना खुवाउन सहज होस भन्ने उद्देश्यले बैंकले उक्त खाध्य सामाग्री उपलब्ध गराएको बैंकका धनगढी शाखा प्रमुख धरम बिष्टले बताए ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खाध्य सामग्री हस्तान्तरण गरेको हो । बैंकले राहत स्वरुप चामल, दाल, तेल, नुन लगायतका खाध्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
२ असार २०७७, मंगलवार १४:१६ बजे प्रकाशित































