सनराईज बैंकद्धारा चुरे गाँउपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण

धनगढी,जेठ ३० । कैलालीको चुरेमा रहेको सनराईज बैंक लिमिटेड चुरे शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चुरे गाउपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले राहत स्वरुप चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको हो ।

सनराईज बैंकका शाखा प्रवन्धक गणेश साउदले उक्त राहत सामग्री गाउपालिका अध्यक्ष धन बहादुर रोका मगर लाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष रोका मगरले विपतको बेलामा बैंकले गाउपालिकालाई सहयोग गरेकोमा धन्यवाद दिए । सनराईज बैंकले गाउपालिका लाइ ८ क्विन्टल चामल, ५० किलो दाल, ५ पेटी तेल, १ क्विन्टल नुन विपन्न वर्ग र क्वारेन्टाइन व्यवस्थापन लाई सहयोग गरेको बैंकका शाखा प्रवन्धक साउदले बताए ।


३० जेठ २०७७, शुक्रवार ११:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु