सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि

धनगढी,जेठ २८ । सुदूरपश्चिममा आज पनि थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएकोृ परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिका ३५ , २६ , १९, २३ र २५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या एक सय ६४ पुगेको छ।


२८ जेठ २०७७, बुधवार ११:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु