नेपालमा पछिल्लो २४ घन्टामा दुई सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, जेठ २८ । नेपालमा पछिल्लो २४ घन्टामा दुई सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले योसमेत नेपालमा संक्रमितको संख्या ४३६४ पुगेको जानकारी दिए । 

नयाँ संक्रमितमा २२ महिला र अन्य पुरुष रहेको मन्त्रालयले जनाएको छ ।त्यसैगरी हालसम्म ६ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएको गौतमले बताए ।  साे अवसरमा उनले अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी दिए । 


२८ जेठ २०७७, बुधवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु