punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज पनि थप १० जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,जेठ २७ । सुदूरपश्चिममा मंगलबार थप १० जनामा संक्रमण देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीका ७, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका एक/एक जनामा संक्रमण देखिएको हो। कैलालीको टीकापुर नगरपालिकाका २३, २४, ३६, ४० वर्षीय पुरुष, मोहन्याल गाउँपालिकाका १७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका २ वर्षीय बालिका र २८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो।

यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षीय पुरुष, दार्चुलाको लेकम गाउँपालिकाका २६ वर्षीय पुरुष र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १५५ पुगेको छ। तीमध्ये १८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।


२७ जेठ २०७७, मंगलवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु