punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप १३ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

काठमाडौं, १९ जेठ । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।


१९ जेठ २०७७, सोमवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु