भारतका बिभिन्न शहरमा अलपत्र परेका नेपालीहरु स्वदेश आउनेक्रम जारी
धनगढी,जेठ १७ । भारतका बिभिन्न शहरमा अलपत्र परेका नेपालीहरु स्वदेश आउनेक्रम जारी रहेको छ । आज मात्रै पनि कैलालीको गौरीफन्टानाकाबाट पनि चार हजार दुई सय ७ जनाको उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार आज मात्रै चार हजार दुई सय ७ जनाको उद्धार गरीएको जनाएको छ ।
किट अभाबका कारण भने उनिहरुको स्वास्थ्य परिरक्षण हुन भने नसकेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।
१७ जेठ २०७७, शनिवार १४:१० बजे प्रकाशित































