punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आइतबार पनि गौरीफन्टा नाकाबाट करिब ४ हजार नेपालीलाई भित्र्याइयो

Chaupati
safha napa

आइतबार पनि सुदुर पश्चिमको गौरीफन्टा नाकाबाट भारतका विभिन्न स्थानबाट आएका नेपालीहरुको स्वास्थ्य परिक्षण नगरिकनै ३ हजार ९६४ जनालाई भित्र्याइएको छ ।

लकडाउनका कारण भारतमा अलपत्र परेका नागरिकहरु पश्चिमी नाकाबाट प्रवेश खोलिएको भन्दै ठूलो संख्यामा नेपाल आउन थाले पछि आरडिटी परिक्षणका लागि कीट अभाव हुँदा परिक्षण बिनै सम्बन्धित जिल्लाका पालिकाहरुमा पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।

जोखिम ग्रस्त भारतीय प्रान्त र शहरबाट समेत आएकाहरुको सीमा र्‍यापिड परिक्षण बिनै पालिकाहरुमा पठाउने गरेपछि भाइरस संक्रमणको जोखिम बढेको स्थानीय हरु बताउछन् ।

भारतबाट नेपाल आउन सीमामा पुगेकाहरुको शनिबार सामान्य ज्वरो समेत मापन गरिएन ।सीमामा पुगेका नेपालीहरुको भिड थाम्न नसक्ने अबस्था आए पछि आइतबार दिउँसो ३ बजे आवागमन बन्द गरिएको थियो ।

आइतबार भारतका विभिन्न स्थानहरुबाट कञ्चनपुरका ४०७ जना गौरिफन्टा नाकाबाट उद्धार गरिएको छ । पुनर्वास नगरपालिकाका १३५ जना नेपाली हरुलाई ल्याइएको छ । उनिहरुलाई बिधालय भवनहरुमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ ।


११ जेठ २०७७, आइतवार १५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु